देउवालाई भेटेरै गगन–विश्वप्रकाशले भने : एसपीपी क्लोज गर्नुस्


काठमाडौँ, ६ असार । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषय बन्द गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटेर उनीहरुले सोमबार एसपीपीको विषय बन्द गर्न आग्रह गरेका हुन्। महामन्त्री शर्माले पार्टीका तर्फबाट प्रधानमन्त्री देउवासँग एसपीपीको विषय बन्द गर्न आग्रह गरिएको जानकारी दिए।

‘एसपीपी क्लोज गर्ने गरी संस्थागत रुपमा सरकारले केही गरोस् भन्ने कुरा प्रधानमन्त्रीसमक्ष राख्यौँ’, बालुवाटारमा भएको छलफलपछि उनले भने। शर्माले छलफलका क्रममा पार्टीको आन्तरिक जीवनका बारेमा पनि कुराकानी भएको बताए। ‘हामीले पार्टीका विभाग गठन, भ्रातृ संस्थाको पूर्णता, केन्द्रीय कार्यसमिति बैठक र पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्यौँ,’ उनले भने।

महामन्त्रीद्वय थापा र शर्माले पूँजी बजारमा देखिएको समस्या समाधान गर्न, पेट्रोलिम पदार्थमा भएको मूल्यवृद्धिमा गम्भीर भएर जनतालाई राहत दिन, पूर्व–पश्चिम रेल परियोजनाबाट प्रभावित मोरङका स्थानीयको माग सम्बोधन गर्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति