जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

सुर्खेत । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जिप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको ज्यान गएको हो ।

प्रहरीका अनुसार जिप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति