एसपीपीबारे जबाफ दिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौँ । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे उठेका प्रश्नहरुको जबाफ दिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिले प्रधानमन्त्री देउवालाई जबाफका लागि बोलाउने निर्णय गरेको हो । आइतबारको बैठकमा उपस्थित हुन देउवालाई समितिले निर्देशन दिएको छ ।

शुक्रबारको बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्रमन्त्री डा.नारायण खड्का र परराष्ट्र सचिव सहभागी भएका थिए ।

यस्तै, समितिले उक्त प्रोग्रामका सम्बन्धमा नेपाल सरकारका तर्फबाट रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाले अमेरिकासँग गरेका सहमति वा पत्राचार पनि सात दिनभित्र समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

तत्कालीन परराष्ट्र सचिवको नेतृत्वमा रक्षा सचिव, गृह सचिव र नेपाली सेनाका प्रधानसेनापति सम्मिलित कार्यदलको निष्कर्षलाई पनि समितिमा प्रस्तुत गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति