१ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोईन सहित ७ जना पक्राउ

काठमाडौ, २ असार । नेपालप्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोईन सहित सातजना महिलालाई पक्राउ गरेको छ ।

बिहीवार पत्रकार सम्मेलनगर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोईन सहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उदेश्यले नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरुलाई पक्राउ गरेको बताए ।

श्रेष्ठले विगतमा पनि लागुऔषध कारोबारीहरु पक्राउ गरिएको आधारमा निगरानी राख्दै जादाँ ५१ केजी हेरोईन फेला परेको बताए । उनले बरामतगरिएको ५१ केजी हेरोईन अहिलको बजार मूल्य अनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबर हुन आउने स्पष्ट पारे ।

आइतवार त्रिभूवनअन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा थप ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला थभोनीथा बालाला पक्राउ गरिएको प्रमुख श्रेष्ठले बताए । पक्राउ परेकाहरुमध्ये दुईजना नेपाल आउजाउ गरिरहने गरेको र ५ जना पहिलोपटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति