काठमाडौं, १ असार । नेपाल ट्राईयाथलन संघको आयोजनामा ४ असारमा तेश्रो मास्टर्स ट्राइयाथलन हुने भएको छ ।
संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । मध्यपुर थिमीस्थित बोडेमा आयोजना हुने प्रतियोगितामा सय मिटर पौडी, ३.५ किलोमिटर साईक्लिङ्ग, र एक किलोमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् ।
प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूसहित करिब एक सय खेलाडीले सहभागिता जनाउने संघको अपेक्षा रहेको सचिव सुनुवारले बताए ।
प्रतिक्रिया