आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ जेठ । आज बिहान गण्डकी, बागमती, मधेश र प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

प्रदेश १ र मधेसका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण पनि गरिएको छ । त्यस्तै,, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव छ । अन्य प्रदेशमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति