संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जबाफ मन्त्रीहरूले दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा सांसद्हरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जबाफ दिने भएका छन् ।

संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, सहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जबाफ दिनेछन् ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नका विषयमा जबाफ दिने कार्यक्रम तय भएको छ ।

बजेटमा मन्त्रालय र निकायका शीर्षकमाथि सांसद्हरूले बोल्ने क्रम आइतबार सकिएको थियो । सरकारले आगामी आवको बजेट १५ जेठमा संसद्‌मा प्रस्तुत गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति