मोहन्याल गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न नपाउने

कैलाली, २९ जेठ । निलम्बित मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कुनै अधिकार प्रयोग गर्न नपाउने भएका छन् ।

भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन जारी गरेको छ ।

निलम्बन अध्यक्ष उपाध्यायलाई मतदान गराउने वा नगराउने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतले प्रमुख निर्वाचन आयुक्तलाई पत्राचार गरेका थिए । त्यसैको आधारमा मुख्य निर्वाचन अधिकृत जनानद पनेरुलेले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई पत्राचार गरेका हुन् ।

यससँगै उपाध्यायले भोलिको जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन नपाउने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति