ह्वात्तै बढ्यो चिनीको मूल्य

काठमाडौं । बजारमा कृतिम अभाव सिर्जना गर्दै व्यापारीले चिनीको मूल्य ह्वात्तै बढाएका छन् । चिनी उत्पादकले चिनी लुकाएका कारण खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले महंगिएको छ ।

बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएपछि बजारमा चिनीको अभाव हुँदै आएको छ । यही मौका छोप्दै व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् ।

नेपाल खुद्रा व्यापार संघले चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको जनाएको छ ।

सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको संघले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति