ठूला आयोजनामा धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेः भीम रावल

काठमाडौँ, २९ जेठ । प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्दै नेकपा एमालेका सांसद डा. भीम रावलले देशका ठूला आयोजनामा धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेको बताएका छन् ।

‘२०५२ सालमा प्रधानमन्त्री हुँदा जनयुद्ध भयो महाकाली सन्धि भयो, महाकाली भारतलाई बेचियो’, उनले भने, ‘फेरि प्रधानमन्त्री हुँदा प्रतिगमन भयो । अहिले पाँचौँ पटक प्रधानमन्त्री हुँदा प्रतिगामी कदम चालेर नदीनाला बेच्दैछन्। राष्ट्रघात गरिरहेका छन्। पाँच चोटी प्रधानमन्त्री हुँदा त यस्तो छ, सात चोटी भए भने नेपालकै अस्तित्व नरहन सक्छ।’

रावलले एमसीसी अनुमोदन गर्दाका बेला व्याख्यात्मक घोषणाबारे पत्राचार भए नभएकोबारे संसदमा जानकारी पेश नगरिएको भन्दै आपत्ति जनाए। उनले सरकार मातहतको लगानी बोर्ड ठूला नदीनाला धमाधम विदेशीलाई सुम्पिएको पनि आरोप लगाए।

‘लगानी बोर्डले दीर्घकालीन हित नहेरी नदी नाला विदेशीलाई सुम्पिने काम भइरहेको छु, उनले भने, ‘यसलाई बजेट चाहिँदैन खर्च कटौती गरौँ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति