दृष्टि बस्नेतलाई मिस एसइईको उपाधि

काठमाडौँ । ‘मिस एसइई नेसनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । २१ प्रतियोगीलाई पछि पार्दै बस्नेतले उपाधि चुमेकी हुन् । विजेता बस्नेतले विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्ति पाएकी छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए ।

युहान इन्टरनेसनलले एमी इन्टरटेनमेन्टसँग सहकार्य गर्दै आयोजना गरेको प्रतियोगितामा प्रमिशा चापागाई पब्लिक च्वाइस, मञ्जिशा कुँवर भ्युअर्स च्वाइस, तृषा अर्याल मेनेजमेन्ट च्वाइस, लिपी दाहाल मिस ट्यालेन्ट, अबिरा कार्की मिस फोटोजेनिक, पुजा पराजुली वेष्ट वाक, अरुणिमा सिंह वेष्ट पर्सनालिटी, बेलिरिना कार्की मिस स्टाइलिस, लुनिभा कपाली मिस कञ्जिनालिटी, श्रेना भण्डारी मस्ट चार्मिङ, शिवानी रे मिस कन्फिडेन्ट, सेनिका सुवेदी मस्ट इन्टेलिजेन्ट र जिज्ञाशा केसी मस्ट एक्टिभ बनिन् ।

प्रतियोगितामा धिरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन व्यवसायी तथा समाजसेवी संगिता रौनियर, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’ की विजेता सायुरी श्रेष्ठ निर्णायक थिए । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति