बैतडीमा जिप दुर्घटना, १ जना घाइते

बैतडी । बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जाँदै गरेको सुपप्र०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । घाइतेको परिचय खुलेको छैन ।

खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति