एक खेल अगावै पाकिस्तानलाई एकदिवसीय श्रृंखला

काठमाडौँ । वेष्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला घरेलु टोली पाकिस्तानले एक खेल अघिनै जितेको छ । शुक्रबार भएको खेलमा १२० रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अघिनै २–० ले जितेको हो ।

मुल्तानमा २७६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदा १५५ रनमा समेटियो । वेष्ट इन्डिजका सामर ब्रुकले सर्वाधिक ४२ रन बनाए । यस्तै, केयले मायर्स ३३, कप्तान निकोलास पुरनले २५ रनको बनाए । पाकिस्तानका प्लेयर अफ दि म्याच मोहम्मद नवाजले सर्वाधिक ४ विकेट लिए । यस्तै, मोहम्मद वासिमले तीन विकेट लिए ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले दुई खेलाडीको अर्धसतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७५ रन बनायो ।

पाकिस्तानका बबर अजामले सर्वाधिक ७७ रन बनाए । यस्तै, इमाम उल हकले ७२ रनको योगदान गरे । यता, सदाव खान र खुस्दील शाहले समान २२ रन जोडे । वेष्ट इन्डिजका एकेअल हुसेइनले सर्वाधिक तीन विकेट लिए ।

अब, तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति