नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि पहिरो, सडक ठप्प

काठमाडौं, २७ जेठ । नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडक खण्डमा फेरि पहिरो गएको छ । पहिरोका कारण यो सडक खण्ड दुईतर्फी नै ठप्प भएको छ । गाडीहरु रोकिएका छन् ।चितवनको इच्छामनकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकैको तोपे खेलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड ठप्प भएको हो भने कालीखोलमा गएको पहिरोले मुग्लिन–नारायणगढ सडक ठप्प भएको हो ।ढुङ्गासहित पहिरो खसेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिए । सडक खण्ड ठप्प भएकाले आज पनि यो नाकाहरुमै गाडी रोक्न भनिएको छ ।

अस्तिको पहिरोका कारण गाडी चापमा चलिरहेका बेला फेरि आज अर्का पहिरो गएको हो ।अस्ति गएको पहिरो १४ घण्टापछि बल्ल हिजो दिउँसो अबेर हटाएर सडक खुलाइएको थियो । अस्तिको पहिरोका कारण अघि बिहानसम्म यो सडक खण्डमा लामो जाम थियो । जामका कारण यात्रुले सास्ती पाएका छन् । विशेषगरी बिरामी, बालबालिका र ज्येष्ठ नागरिक मर्कामा परेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति