सन्धिखर्कमा रेविजविरुद्धको निःशुल्क खोप

अर्घाखाँची । सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निःशुल्क खोप लगाइएको छ । नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा कुकुरलाई रेविजविरुद्धको खोप लगाएको हो ।

नेल्टाको स्थापना दिवसको अवसरमा खोप लगाइएको उनले बताए । उनीहररूले अर्घाखाँची अस्पताल पुगेर बिरामीहरुलाई हर्लिक्स तथा विस्कुट वितरणसमेत गरेका थिए ।

लायन्स क्लबको सहआयोजनामा नेल्टाले बिरामीका लागि हर्लिक्स वितरणसहित सन्धिखर्क बजारमा कुकुरलाई खोल लगाएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति