काठमाडौँ । पाँच श्रृंखलाको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ । यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।
बिहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
दक्षिण अफ्रिकाको जितमा रस्शी भान डेर डुसेनले अविजित सर्वाधिक ७५ रन बनाए । यस्तै, डेभिड मिलरले ६४ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।
भारतका इशान किशनले सर्वाधिक ७६ रन बनाए । यस्तै, श्रेयास आयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ जोडे । दक्षिण अफ्रिकाका केशव महाराज, एनरिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एकएक विकेट लिए ।
प्रतिक्रिया