पोर्चुगलको दोस्रो जित

काठमाडौँ । चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले युइएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ ।

शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहीन रहे । बाँकी समय दुवै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ ।

आज नै भएको खेलमा स्वीट्जरल्यान्डलाई १–० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति