हडताल गर्न नपाइने २५ क्षेत्र तोकियो

काठमाडौ, २६ जेठ । नेपाल सरकारले आज बिहीबार प्रकाशन गरेको राजपत्र अनुसार आवश्यक सेवा क्षेत्रमा हडताल गर्न नपाइने भएको छ।

मन्त्रिपरिषद्को जेठ १० गते बसेको बैठकले आवश्यक २५ वटा सेवामा हडताल गर्न नपाइने निर्णय गरेको हो। सरकारको निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ बमोजिम हडताल गर्न निषेध गरिएको जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति