श्रीलंकाविरुद्ध अष्ट्रेलियालाई एक खेल अगावै श्रृंखला

काठमाडौँ । घरेलु टोली श्रीलंकाविरुद्धको लगातार दोस्रो टी-२० खेलमा विजयी हुँदै अष्ट्रेलियाले एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।

बुधबार राति कोलम्बोमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ३ विकेटले हरायो । योसँगै तीन खेलको श्रृंखलामा २-० को अग्रता बनायो ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले अविजित २६ तथा कप्तान आरोन फिन्चले २४ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍यो ।

श्रीलंकाका चारिथ असलंकाले सर्वाधिक ३९ रन तथा कुशल मेन्डीसले ३६ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले सर्वाधिक ४ विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति