बानेश्वरमा एमालेको युवा संघको मसाल जुलुस, प्रहरीले गरे लाठी प्रहार

काठमाडौं, २४ जेठ । नेकपा एमालेको युवा संगठन युवा संघले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ ।

सरकारले सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले मंगलबार साँझ मसाल जुलुस निकालेको हो ।

यसअघि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो।जसमा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको थियो।

उनीहरुले कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठाला हो, इम्बोस्ड नम्बर घोटाला हो’ लगायतका नारा जुलुस गर्दै यातायात व्‍यवस्था कार्यालय अगाडिसमेत धर्ना दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति