सप्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सप्तरी । सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा हिजो बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का अन्दाजी ६७ वर्षीय राम नारायण चौधरी रहेका छन् ।

चौधरी सवार स१०प ४६११ नम्बरको स्कुटरलाई हिजो बेलुकी साढे ७ बजे ना६ख ६३९९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा बेलुकी सवा ८ बजे मृत्यु भएको हो ।

दुवै सवारी साधन र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति