प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

सभामुख अग्नि सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन् । त्यसपछि प्रतिनिधिसभा बैठक बस्ने छ ।

आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति