‘हटाइएका’ मन्त्रीलाई प्रधानमन्त्रीले क्याबिनेट बैठकमा बोलाए

काठमाडौं । एकीकृत समाजवादीबाट हटाइएका मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठकमा बोलाएका छन् ।

एकीकृत समाजवादीले मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

नयाँ मन्त्रीहरुले शपथग्रहण हुने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री देउवाले चारजना मन्त्रीलाई बालुवाटारमा बोलाएर अहिले मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन आग्रह गरेको नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेमगरले बताए ।

मन्त्री आलेले भने, ‘तपाईंहरु आज चार बजेको बैठकमा आउनु होला, र बजेटको बारेमा संसदमा उठेको विषयमा राम्रोसँग जवाफ दिनुहोला ।’

प्रधानमन्त्रीको आग्रह सुनेपछि सबै मन्त्रीहरु तत्कालै पदबाट नहट्ने भनि ढुक्क भएर बालुवाटारबाट फर्किएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति