मधेस सरकारको नीति, कार्यक्रम : विद्यार्थीलाई साइकल, ल्यापटप (पूर्णपाठ)

काठमाडौँ, २२ जेठ ।मधेस प्रदेश सरकारले सामुदायिक विद्यालयमा कक्षा ८ का विद्यार्थीलाई साइकल र १२ कक्षा अध्ययरतलाई ल्यापटप दिने नीति अघि सारेको छ । सरकारका तर्फबाट आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “बेटी पढाऔं बेटी बचाऔ” अभियानलाई निरन्तरता दिएको जनाएका हुन् ।आठमा अध्ययनरत छात्रहरुलाई साइकल खरिदका लालि सम्बन्धित विद्यालयमा अनुदान रकम उपलब्ध गराइनेछ नीति तथा कार्यक्रममा लेखिएको छ, यस्तै प्रदेशका सामुदायिक विद्यालयहरुमा कक्षा १२ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन एक थान ल्यापटप सहयोग उपलब्ध गराइनेछ र सोको नियमित अनगुमन सामाजिक विकास मन्त्रालयबाट हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति