यो वर्ष चाडै नै सुरु भयो मनसुन

काठमाडौं, २२ जेठ । नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ ।

नेपालमा मनसुन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति