एकीकृत समाजवादी बैठक : मन्त्री हेरफेरबारे छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरबारे छलफल अघि बढाएको छ ।

आइतबार बिहान बसेको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेरबारे छलफल गरेको हो ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्‍यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिएका छन् ।

उनले पत्रकारहरुसित भने, ‘हामीले ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका थियौं । ६ महिनाभन्दा बढी भइसक्‍यो । त्‍यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्‍यौं । शीर्ष नेताहरुको बीचमा समझदारी भएर खासगरी अध्‍यक्षले उपयुक्त ठानेमा निर्णय गर्नुहुन्छ।’

उपमहासचिव तुलाधरले पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्‍नुपर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति