नेदरल्यान्डसँग बेल्जियम पराजित

काठमाडौँ । बेल्जियमलाई ४–१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे ।

घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले सुरुवाती ३ अंक जोडेको छ । बेल्जियमा पुछारमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति