जसले एक दिन माटोमा काम गरेका छैनन, उनै ‘माटो जोगाऔँ’ सम्वादको मुख्य वक्ता

काठमाडौं, २० जेठ । विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने भएको छ ।

विश्व वातावरण दिवस ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सो कार्यक्रममा अतिथि वक्ताको रुपमा राजेस हमाल, भवानी राणा, डा. गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्तोतामा अनिल शाह रहनेछन् ।

वक्ताहरुले विशेष गरेर माटोको महत्व, अहिलेको माटोको अवस्था, माटो जोगाउन गर्न सकिने प्रयास र अभ्यासका बारेमा संवाद गर्नेछन् ।

जसले एक दिन माटोमा काम गरेका छैनन, उनीहरु नै माटो जोगाऔं संवादका मुख्य वक्ता बनेका छन् । कृषि सचिवबाहेकका वक्ता लोकप्रिय हुन्, माटोका विज्ञ भने होइनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति