सांसद पहाडीले भने, ‘मूल्यवृद्धिको अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ’ 

काठमाडौं – नेकपा एमालेका सांसद गणेश पहाडीले मूल्यवृद्धिको छानबिन र अध्ययन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

एमाले प्रमुख सचेत विशाल भट्टराईले संसदमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गर्दै उनले यस्तो माग गरेका हुन् ।

‘बजार अनुगमन नगर्दा खाद्य र गैरखाद्य वस्तुको मूल्य ह्वात्तै बढेको छ । त्यो घटाउन जरुरी छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थका साथै खाद्य र गैरखाद्य वस्तुको मूल्यवृद्धिको अध्ययन गर्न शक्तिशाली संसदीय समिति गठनको माग गर्छु ।’

उनले डिजेलको पाइपलाइन बनाउँदा चुहावट घटेको, ८० रुपैयाँ हुँदा र १८० रुपैयाँ मूल्य हुँदा पनि बिक्री कमिसन उही भन्दै त्यसलाई घटाएर मूल्य घटाउनुपर्ने बताए ।

त्यस्तै, पूर्वाधार कर घटाएर १० रुपैयाँ मूल्य घटाए पनि अहिले अत्यधिक कर रहेकोले त्यहाँ पनि मूल्य घटाउन माग गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति