काठमाडौं । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेकाहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
सर्लाहीको हरिवनबाट विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश हुन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले निवास खुमलटारमा आज बिहान स्वागत गरे ।
माओवादी प्रवेश गर्नेहरुमा एकीकृत समाजवादीका वडाध्यक्षका प्रत्यासी आशाबहादुर ब्लोन, नेपाली कांग्रेसका रोहनबहादुर भुजेल, रामजीवन साह, मुखचन्द्र महतो लगायत १४ जना छन् ।
प्रतिक्रिया