वाम एकताको घनिभूत गृहकार्य, प्रचण्ड र ओली फेरि पनि दन्तवजानकै बीच हात मिलाउने मुडमा

काठमडौ । ‘कांग्रेस पनि एमाले जस्तै अहंकारी बन्ने हो कि भन्ने चिन्ता लागेको छ । कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस् । हामी त क्रान्तिकारी हौं, कांग्रेसमा अहंकार आयो भने फेरि विद्रोह गर्ने हो,’ हामी त नयां नयां गर्दै जाने न पर्यौं ‘। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार आफ्ना देशभरका २सय ४९ जना पािलका प्रमुख उपप्रमुखलाई निर्देशन दिने क्रममा बताएका थिए । ।

प्रचण्डको पछिल्लो अभिव्यक्ति वर्तमान सत्तारुढ गठबन्धन भत्काउने र एमालेसँग चुनावी तालमेल गर्ने दिशामा भित्रभित्रै भइरहेको तयारीलाई स.केत गरको छ । एमालेलाई पनि कांग्रेसलाई जस्तै सबक सिकाउने भनेर प्रचण्डले दिएको अभिव्यक्तिले कांग्रेस र केही शक्ति केन्दैमा सनसनी मच्चिएको छ ।

प्रचण्डले त्यो कार्यक्रममा कांग्रेसलाई चेतावनी दिएजस्तो लागे पनि प्रचण्डको संकेत उनलाई एमालेसंग मिल्न दबाब दिन आउने शक्ति केन्दैका मानिसहरु प्रति थियो ।

‘स्थानीय तह निर्वाचनमा तालमेल गर्‍यौं, तर सोचेजस्तो भएन । कतिपय ठाउँमा कांग्रेस, एमाले र विप्लवलगायत भएभरकाले माओवादीविरुद्ध तालमेल गरे, तैपनि रुकुम, रोल्पा र कालीकोटामा हामीले जित्यौं,’ प्रचण्डले भनेका थिए, ‘स्थानीय तहको चुनावमा भएका कमीकमजोरी सच्याए तालमेल हुन्छ ।’
तर एमालेसंग प्रचण्डलई मिल्न दबाव दिनेहरुले पुराना सबै कुरा विर्सेर मिल्न पर्ने बताइरहेको उनलाई मन परेको छैन । कमसेकम ओलीले विगतमा संसद विघटन गर्नु गलत थियो भनेमा एकता गर्न सकिने बचन दिएको स्रोतले बताएको छ ।

ओलीको गठबन्धन भत्काउने चुट्की र प्रचण्डको दोहोरो चेतावनी

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएदेखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे यो सरकार एक हप्तामै ढालिदिने बताउँदै आएका छन् । ओलीले परमादेशी भनेर सत्तोसराप गर्ने सरकारले ११ महिना पूरा गर्न लागेको छ । तर सरकार ढलिहाल्ने सम्भावना नदेखेपछि ओलीमा बेचैनी बढेको उनी निकटस्थ नेताहरु बताउंछन् ।

कार्यकर्तालाई उत्साहित बनाउनका लागि ‘एक हप्तामा सरकार ढाल्ने’ स्टन्ट गरेपनि एमाले देउवा नेतृत्वको वर्तमान सरकार प्रचण्डले कुनै मुभ नगरेसम्म ढाल्ने पक्षमा छैन ।
देउवा नेतृत्वको अमेरिकापरस्त गठबन्धन भत्काएर चीन फेरएवल गठबन्धन बनाउन उत्तरी शक्ति केन्द्र एमसीसी पास भएको समयबाट मसिनो तारिकाले लागेको एमालेका एक जना स्थायी समित सस्यले बताए । सके फेरि वाम तालमेल गर्ने, नसके माओवादीलाई कांग्रेसबाट अलग्याउने भन्ने एमालेको रणनीति रहेको तर्फ प्रचण्ड चनाखो रहेको ती नेताले दावी गरे ।

देखिनेगरी केही नभए पनि भित्रभित्रै वामपन्थी तालमेलको प्रयास भइरहेका भने अवश्य छ । फरक उद्देश्य र फरक कार्यक्रममा गएको भए पनि एमाले र माओवादीका दोस्रो तहका प्रभावशाली नेताको चीन भ्रमणको बेला देखि नै फेरि वामपन्थी दललाई मिलाउने भनने हमति गरेर आएका थिए । अहिले पनि वामपन्थी दललाई मिलाउन चीन लागिपरेको बताइएको छ ।
ओलीको तर्फबाट इश्वर पोखरेल, शंकर पोखरेल र पृथ्वी सुव्वा गुरुंग तथा प्रचण्डको तर्फबाट बर्षमान पुन, देव गुरुंग र अर्को घेरामा अर्थमन्त्री जनार्दन शर्मा समेत दुईवामबीच एकताका लागि सक्रिय रहेका छन् ।

बाहिरबाट नेपालका बामपार्टी बीच एकता वा तालमेल हुनु पर्ने भन्नेमा अहिले पनि ठूलो जनमत देखिन्छ । आगामी संसदीय निर्वाचनमा वर्तमान सत्तारुढ कायम रहेमा एमाले संसदको सवैभन्दा कमजोर प्रतिपक्ष बन्ने निश्चित छ । त्यो अवस्थामा नेका र केही मधेशवादी दलको सहयोगमा समेत सरकार बन्न ससक्ने आंकल हुन थालेको छ । यो अवस्था आउन नदिन उत्तरी छिमेकी शक्ति केन्द्रले जस्तो सुकै बल लगाएर भएपनि वाम गठबन्धन बाउन लागि परेको छ । त्यसको छनक संसदमा ३ घण्टा बौल्दै ओलीले विआरइ बारेमा के गर्ने हो भन्दै देउवालाई प्रश्न गरेका थिए । त्यसो त पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत बुढी गण्डकी जलविद्युत आयोजना किन चिनिया ठेकेदारबाट खोसिय भन्दै प्रश्न गरेका थिए ।
अर्काति र प्रचण्डले संसदको राष्ट्रमा उभिएर बोल्दै ओलीले गल्ती महसुस गरेर वाम एकताको कुरा गर्लान भनेको त गाली मात्र गरे भन्दै वाम एकताप्रतिको आशक्ति देखाएका थिए ।
स्थानीय निर्वाचनमा रोल्पा, रुकुम जाजरकोट र कालिकोट तथा जुम्ला जस्ता माओवादी आधाररहेको जिल्लामा नेका र एमाले गठबन्धन गरेर घेरा हालेका कारण नेकासंगको गठबन्धन लामो जान नहुने पक्षमा माओवादीका नेताहरु वर्षमान पुन, कृष्णबहादुर महरा, शक्ति बस्नेत, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् । पार्टीभित्र संगठनका हिसावले यिनै नेताहरुको वर्चस्व रहेको छ । त्यसमाथि गण्डकी देव गुरुंग समेत वाम एकताको पक्षमा चिनिया निर्देशनअनुसार सक्रिय रहेको दावी गरिन्छ ।
त्सबाहेक माओवादीलाई नेकासंग को चीन विरोधी गठबन्धनबाट अलग गर्न पूर्व मूख्य सचिव तथा राजदूत लिलामणि पौडेल सहितको टोली पनि सक्रिय रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति