नेपाली राजदूत शर्मा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच दिल्लीमा भेटवार्ता

काठमाडौँ १९ जेठ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो । राजदूत शर्माले चौथाइवालेसँग भेटवार्ता गर्दा खुसी लागेको उल्लेख गर्दै चौथाइवाले नेपालको नजिकका मित्र र शुभेच्छुक रहेको ट्वीटमा उल्लेख गरेका छन् ।

चौथाइवालेले शर्मासँग भेटवार्ता गर्न पाउँदा खुसी लागेको र शर्माको कार्यकालमा भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुने प्रतिक्रिया जनाएका छन् ।
डा. चौथाइवालेले नेपाली राजदूतहरूसँग पटक–पटक भेटवार्ता गर्दै आइरहेका छन् । नेपालमा शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेलगत्तै चौथाइवालेले नेपालको भ्रमण गरेर सबै दलका नेताहरुसंग घनिभूत छलफल गरेका थिए । सत्तारुढ विजेपीको तर्फबाट चौथाइवाले नेपला विज्ञ रणनीतिकारको रुपमा परिचित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति