काठमाडौँ, १९ जेठ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आगामी २०७९/०८० बजेटलाई स्वागत गर्दै वर्षाै देखि आफूहरुले उठाएका मागलाई प्राथमिकता दिएको बताएको छ।
बजेटबारे टिप्पणी गर्दै महासंघले विगत ७२ वर्षदेखि उठाउँदै आएका नेपाली किसानहरूका मागहरूलाई सरकारले उच्च प्राथमिकतामा राखेकोमा धन्यवाद दिएको हो।
महासंघले अर्थतन्त्रको आधार निर्माणलाई मुख्य उद्देश्यमा राखिएको बताउदैँ भनेको छ, ‘आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्रीज्यूद्वारा उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दिगो आर्थिक बृद्धि गर्ने, उपलब्ध प्राकृतिक स्रोत साधन, श्रमशक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरिबी निवारण गर्ने र आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत् सन्तुलित समावेशी, आत्मनिर्भर एवम् समाजवादउन्मुख अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्य राखिएको छ’,
नेपालको कृषि क्षेत्रको रूपान्तरण गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्ने, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र निरपेक्ष गरिबी निवारण गर्ने उद्देश्यलाई प्रस्थानविन्दु बनाउँदै आयातलाई ३० प्रतिशत घटाउने, निर्यात दोब्बर गर्ने, भूमिहीन दलितलाई आगामी ३ वर्षभित्र आवास उपलब्ध गराउने, ८ लाख नेपालीलाई वार्षिकरूपमा निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने घोषित उद्देश्यले किसानहरु र नेपाली जनताको लामो समयदेखिको आकांक्षालाई सम्बोधन गरेको महासंघको ठहर छ।
प्रतिक्रिया