इतिहासमै पहिलोपटक चार महिला एकसाथ डीआईजी र एककाे नाम एआईजीमा सिफारिस हुँदै

काठमाडौं, १९ जेठ । नेपाल प्रहरी इतिहासमै पहिलो पटक चारजना महिला अधिकृत डिआईजीमा बढुवा हुने सम्भावना देखिएको छ ।

पाँच डीआईजीलाई एआईजी बढुवामा सिफारिस गरिएपछि नेपाल प्रहरीमा १७ डीआईजीको दरबन्दी रिक्त रहनेछ । रिक्त १७ पदका लागि २७ एसएसपी प्रतिस्पर्धामा रहेका छन् जसमा चार महिला प्रहरी अधिकृत पनि छन् ।

डीआईजीको प्रतिस्पर्धामा एसएसपीहरू उमेशराज जोशी, रामदत्त जोशी, सन्दीप भण्डारी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, सुदीप गिरी, दुर्गा सिंह, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल छन् ।

यस्तै, एसएसपीहरू जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोखरेल र चन्द्रकुवेर खापुङ पनि डीआईजीको प्रतिस्पर्धामा छन् ।

प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी भएमा प्रहरीमा नयाँ इतिहास बन्नेछ ।

प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् । डीआईजी पूजा सिंह अहिले एआईजी बढुवा सिफारिसमा परेकी छन् । अहिले डीआईजी बन्ने ब्याचबाटै सिंहपछि आईजीपी बन्ने अवसर प्राप्त गर्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति