बाली संरक्षण समाज नेपालको अध्यक्षमा डा. डिल्लीराम शर्मा

काठमाडौं । बाली संरक्षण समिति नेपालको अध्यक्षमा डा। डिल्लीराम शर्मा चयन भएका छन् ।

राजधानीमा बुधवार आयोजित साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा सहदेव प्रसाद हुमागाई, महासचिवमा डा. सुन्दर तिवारी, सहसचिवमा देवराज अधिकारी र कोषाध्यक्षमा सावित्री बराल चयन भएको निर्वाचन अधिकृत परशुराम अधिकारीले जानकारी दिए।

समाजको सदस्यहरुमा कपिल काफ्ले, ललित साह, सुरेन्द्र सुवेदी, रामप्रसाद मैनाली, श्रृखला मानन्धर र ध्रुवराज भट्ट रहेका छन्।

बाली संरक्षणको क्षेत्रमा कार्यरत कर्मचारी, नीति निर्माता, अनुसन्धानकर्ता, अध्यापक, प्राविधक तथा व्यवसायीसमेतको साझा संस्थाको रुपमा समितिको गठन २०५९ चैत १४ गते भएको हो ।

बाली संरक्षणको क्षेत्रमा कार्यरतको मनोवल उच्च बनाउन विभिन्न गतिविधिहरु गर्ने, विषादी व्यवस्थापन तथा बाली संरक्षण लगायतका विषयमा जनचेतना जगाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि सहयोग गर्ने लगायतका उद्देश्य समितिको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति