रोहित चन्दलाई इन्डोनेसियामा समर्थकको भव्य स्वागत

काठमाडौँ । पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन् ।

बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । यस्तै, मैदानमा समेत रोहितलाई समर्थकले स्वागत गरेका थिए ।

यस अघि पाँच वर्ष पर्सिजा जाकर्तामा बिताएका रोहित पर्सिक कदिरी पुगेका थिए । त्यसयता उनी पहिलो पटक इन्डोनेसिया पुगेका हुन् ।

सन् २०१७ मा दोस्रोपटक पर्सिजासँग अनुबन्ध भएका रोहितले क्लबबाट चार उपाधि जित्दै कुल १४५ खेल खेल्दै १० गोल गरेर ११ गोलमा एसिस्ट प्रदान गरेका थिए ।

रोहितको उत्कृष्ट प्रदर्शनको मद्धतमा पर्सिजाले सन् २०१८ मा लिगको उपाधि पनि उचालेको थियो । उक्त सिजन रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

रोहितका दाइ रविन्द्र चन्दका अनुसार रोहितलाई क्लबले एक वर्षका लागि सम्झौता गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति