पोखरा महानगर कार्यपालिकामा एमाले प्यानल नै विजयी 

पोखरा, १८ जेठ । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवा विजयी भएका हुन् । 

महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए । उनीहरू सबैले ८६ मत पाए । 

दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् । दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनको खोसेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति