भक्तपुरमा नेमकिपाले गरेको कामबाट सिक्नु पर्छ : प्रचण्ड

काठमाडौं १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधहरुले भक्तपुर नगरपालिकाबाट सिक्नु पर्ने बताएका छन् । ‘नेमकिपाको वास्तवमै राम्रो प्रशिक्षण छ । लगातार राम्रो काम गरेका हुनाले भक्तपुरका जनता उनीहरुसंग छन्’ प्रचण्डले भने ।

प्रचण्डले स्थानीय तहका झण्डै २५० जना प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिंदै भने हामीले १२२ वटा तहलाई भक्तपुर नगरपालिकाजस्तो बनाउन सक्ने कि नसक्ने ?

माओवादी तलदेखि माथिसम्म विग्रन थालेको देखेर नागरिकलाई माओवादी झन् खराब हो कि भन्ने पर्न थालेको बताएका छन् ।

‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ’ प्रचण्डले भने, ‘हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि रु कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो कुरा होइन ।’

विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो कम हुँदै गरेको उनले बताए । उनले भने, ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं । हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति