संसदीय समितिमा हेरफेर, ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा

काठमाडौँ, १७ जेष्ठ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य भएका छन् ।

सांसदहरूको छनोट र संसदीय दलले पठाएको नामअनुसार सभामुखले समितिमा राखेका हुन् । ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बस्न रुचाएपछि उनलाई त्यहाँ राखिएको हो । प्रधानमन्त्री पदमा रहेदाँसम्म संसदीय समितिमा उपस्थिति नजनाएका ओली अब भने समितिमा बस्नेछन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा सदस्यहरूको चयन र मातहतका संसदीय समितिमा सदस्यको छनोट र हेरफेर गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेता भएपछि उनलाई सभामुखले अन्तर्राष्ट्रिय सम्बन्ध समिति छनोट गरेका हुन् । सभामुखले जानकारी दिएअनुसार प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, कृष्णभक्त पोखरेल, खगराज अधिकारी र शेरबहादुर तामाङ रहेका छन् ।

कार्यव्यवस्थामा कांग्रेसका सचेतक पुष्पा भुसाल, राजेन्द्र केसी र बहादुरसिं लामा तामाङ रहेका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रामकुमारी चौधरी र रेखा शर्मा, एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ, जसापका प्रमोद साह र लोसपाका उमाशंकर अरगरिया कार्यव्यवस्था परामर्श समितिमा रहेका छन् ।

ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा रहेका सांसदहरूको मंगलबार समिति निश्चित गरिएको हो । यसअघि उनिहरू कुनै पनि संसदीय समितिमा थिएनन् । संसदीय समितिमा प्रतिनिधिसभामा सभामुखले सदस्य चयन गर्ने अभ्यास र व्यवस्था रहेको छ ।

प्रतिनिधिसभाका समितिमा सांसदहरूको चयन र निम्नानुसार हेरफेर गरिएको छः
विष्णु पौडेल, अर्थ समिति
हृदयेश त्रिपाठी, अर्थ समिति
मिनेन्द्र रिजाल, अर्थ समिति
केपी शर्मा ओली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
ईश्वर पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
प्रदीप ज्ञवाली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
लिलानाथ श्रेष्ठ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
नवराज राउत, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
जुली महतो, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
भानुभक्त ढकाल, कानून, न्याय तथा मानव अधिकार समिति
पार्वत गुरुङ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
कृष्णगोपाल श्रेष्ठ, राज्यव्यवस्था तथा सुशासन समिति
वसन्त नेम्वाङ, विकास तथा प्रविधि समित
पद्मा अर्याल, विकास तथा प्रविधि समिति
जगत सुनुवार, शिक्षा तथा स्वास्थ्य समिति
शिवमाया तुम्वाहाम्फे, सार्वजनिक लेखा समिति
गणेशसिंह ठगुन्ना, सार्वजनिक लेखा समिति
उमाशंकर अरगरिया, कानुन समितिबाट उद्योग समिति
विमला विक, महिला समितिबाट कानुन समिति
रामकुमारी चौधरी, कानुन समितिबाट कृषि समित
खगराज अधिकारी, शिक्षा समितिबाट राज्यव्यवस्था समिति
शक्ति बस्नेत, कृषि समितिबाट राज्यव्यवस्था समिति
हरिराज अधिकारी, अर्थ समितिबाट राज्यव्यवस्था समिति
शान्ता चौधरी कृषि, समितिबाट विकास समिति
विद्या भट्टराई, शिक्षा समितिबाट विकास समिति
दामोदर भण्डारी, राज्यव्यवस्था समितिबाट लेखा समिति

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति