हरिजनको मृत्यु छानबिन समिति गठन, अरूकाे सट्टा जेलमा भएकाे खुलासा

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गृहमन्त्री बालकृष्ण खाणबाट रोल्पा कारागार कैदी सुन्दर हरिजनको मृत्युका बारेमा सत्यतथ्य छानबिनका लागि समिति गठन गरेका छन् ।

जेठ ४ गते कैदी हरिजनकाे राेल्पा कारागार कार्यालयमा भएकाे हाे । यसअघि बनाईएकाे समितिले प्रारम्भिक अनुसन्धान अनुसार हरिजनले आत्महत्या गरेकाे भनिएकाेमा कारगारभित्रै हरिजनको शंकास्पद मृत्यु भएकाे र उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो । उक्त प्रतिवेदन कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार बुझाएकाे हाे ।

हाल थप अनुसन्धानका लागि गृहमन्त्री खाणले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति