काठमाडौं । ‘कबड्डी–४’ की नायिका मिरुता मगर विरुद्ध फिल्म हलअगाडि नै विरोध प्रदर्शन भएको छ ।
कबड्डी–४ फिल्म हेर्न हल पुगेका लामा फूर्वा लामालाई नायिका मिरुताको मौखिक उजुरीका आधारमा प्रहरीले पक्राउ गरेपछि नायिकाविरुद्ध प्रदर्शन भएको हो ।
नायिका मिरुताले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन गरिएको हो ।
पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।
नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।
प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।



प्रतिक्रिया