इस्कोले रियल मड्रिड छाड्ने

काठमाडौँ । रियल मड्रिडका मिडफिल्डर इस्कोले समरमा क्लब छोड्ने घोषणा गरेका छन् । सन् २०१३ मा मालागाबाट मड्रिड अनुबन्धित भएका इस्कोले क्लबबाट २५० खेल खेलेका छन् ।

स्पेनिस मिडफिल्डर इस्कोले रियल मड्रिडबाट पाँच च्याम्पियन्स लिग र तीन ला लिगाको उपाधि जितेका छन् । यद्यपि, पछिल्लो केही सिजनयता भने इस्को रियलको धेरैजसो खेलमा बेञ्चमा सीमित बन्दै आएका थिए ।

‘म मेरा सम्पूर्ण सहकर्मी, प्रशिक्षकहरु, स्टाफ, र सम्पूर्ण व्यक्तिहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु, जो सान्टियागो बर्नबेउसँग जोडिन्छन् । गुडबाई हाला मड्रिड,’ इस्कोले भनेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति