तारा एयर दुर्घटनाः २१ शव फेला, एककाे खाेजी

काठमाडौं, १६ जेठ । मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार रहेका २२ मध्ये २१ जनाको शव फेला परेको छ।

थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार जहाज दुर्घटनामा परे पनि सोमबार बिहान फेला पारिएको थियो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१ जनाको शव फेला परेको जानकारी दिए। सो जहाजमा तीन जना चालक दलसहित २२ जना सवार थिए।

त्यसमध्ये एक जनाको शव भने खोज्ने काम भइरहेको उनले बताए। १० जनाको शव कोवाङमा ल्याइसकेको छ।

शवलाई पोखरा वा काठमाडौं ल्याउने प्रशासनको तयारी छ। शवको पहिचान भने भइसकेको छैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति