विमान दुर्घटनाः सम्बन्ध विच्छेद अघि घुम्न छोरा-छोरीसहित आएका भारतीय जोडीको अन्त्य

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटना सँगै एक भारतीय जोडी सहित परीवारकै दुखद् अन्त्य भएको छ ।

आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज मुस्ताङकै थासाङ – २ मा दुर्घटनाग्रस्त फेला परेकाे उक्त जहाजमा एक भारतीय परिवारको पनि दुखद् अन्त्य भएको हाे ।

उनीहरू स-परीवार नेपालको भ्रमण गरेर सम्बन्ध विच्छेदको तयारीमा थिए । तर नेपाल भ्रमणकै क्रममा दुर्घटनामा परि निधन भयो । सम्बन्ध विच्छेदको तयारीमा रहेका श्रीमान श्रीमति मात्रै नभई उनीहरुको एक छोरा र एक छोरीको पनि सँगै ज्यान गयो ।

उनीहरू जहाजमा भारत महाराष्ट्रको ठाणेका थिए । तारा एयरका अनुसार उनीहरु एकै परिवारका चारजना अशोक त्रिपाठी (श्रीमान), वैभवी बाँडेकर–त्रिपाठी (श्रीमति), धनुष त्रिपाठी (छोरा) र छोरी ऋतिक त्रिपाठी (छोरी) रहेकाे बताए ।

उनीहरु पनि दुर्घटनामा परेको जहाजमा सवार रहेको नेपालस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । अशोक र उनीकी श्रीमती वैभवीसँग यही साताभित्र सम्बन्ध विच्छेद हुन लागेको र अलग्गैसमेत बस्दै आएका जनाए । उनीहरुको सम्बन्ध विच्चेदको मुद्धा अदालतमा थियो । अदालतले भनेको थियो, ‘अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै रहन सक्नुहुन्छ।’

वैभवी मुम्बईको बान्द्रा (कुर्ला) कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन् भने छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भइसकेका थिए । त्यस्तै छोरी ऋतिका स्कुलमा पढ्ने गरेकी थिइन् । अशोक पनि एक धनाढ्या परीवारका सन्तान थिए । उनका बुबा पूर्वजिल्ला न्यायाधीश रहेको बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति