५ लाखसम्म कमाउनेले १ प्रतिशतमात्रै कर तिर्नुपर्ने

काठमाडौं, १५ जेठ । सरकारले आयकरको सीमा हेरफेर गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थनमन्त्री जनार्दन शर्माले पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।  

यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।  

विद्यमान  व्यवस्थाअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पत्तीले चार लाख ५० हजार रुपैयाँसम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति