अब अनलाइनलाई पनि लोक कल्याणकारी विज्ञापन

काठमाडौं, १५ जेठ । सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने जानकारी दिएका हुन् । 

यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन र रेडियोलाई मात्र लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइन्थ्यो । अब भने अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइने भएको हो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति