२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गरिने

काठमाडौं, १५ जेठ । सरकारले २०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने घोषणा गरेको छ ।  

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २०४९ सालअघि एकीकृत साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने र ऋण लिन राखेको धितो फुकुवा गर्ने जानकारी दिएका हुन् । 

यद्यपि, साझा संस्थाकाबारे थप व्याख्या गरिएको छैन । जसकारण कुनकुन संस्थाबाट र कतिसम्म रकम लिएकाको ऋण मिनाहा गरिने भन्ने पनि खुलाइएको छैन । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति