पोखरा बिमानस्थलमा आफन्तको रुवावासी

पोखरा । पोखरा विमानस्थलमा रुवाबासी भएको छ । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएपछि पोखरा एयरपोर्टमा आफन्तको रुवाबासी चलेको हो ।

आज बिहान मुस्ताङका लागि उडेको बिमान केही समयमै सम्पर्कबिहीन भएका छन् । अहिलेसम्म फेला पार्न सकिएको छैन । बिमान मुस्ताङको लेते आसपास दुर्घटना भएको आशंका गरिएको छ ।

खराव मौसमका कारण हवाई खोजी संभव नभएपछि बिमान चालकको मोवाइलमा घण्टी गएकोले त्यसैका आधारमा खोजी अघि बढाएको छ ।

बिमान हराएको सूचनापछि पोखरा बिमानस्थलमा भने आफन्तको रुवावासी चलेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति