वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन् ।

१५औँ गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वाम–लोकतान्त्रिक उत्तम विकल्प भएको बताएका हुन् ।

प्रचण्डले नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृत्तिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठुलाठुला राजनैतिक परिवर्तन सम्भव भएको पनि उल्लेख गरेका छन् ।

प्रचण्डले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेका छन् ।

May be an image of text
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति