‘

काठमाडौं १४ जेठ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले राजनीतिक दलहरूबीच फेरि राष्ट्रिय सहमति र समझदारीको आवश्यक्ता देखिएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा प्रि बजेटमाथिको छलफलमा बोल्दै प्रचण्डले देशको आर्थिक समस्या समाधान गर्न पुनः राजनीतिक एकता र समझदारी आवश्यकमा जोड दिएका हुन् ।
‘हामीले शान्ति प्रक्रियालाई टुङ्ग्याउँदै गर्दा र देशलाई नयाँ राजनीतिक प्रणालीमार्फत देशलाई नयाँ युगमा लग्ने सपना देख्दा राजनीतिक दलहरूबीच उत्कृष्ट सहमति देखाएका थियौं,’ उनले भने, ‘त्यो समयमा राजनीतिक तहमा जुन एकता र राजनीतिक सहमति देखाएका थियौं । आज पनि त्यसै प्रकृतिको एकता, सहमति र समझदारी बनाउनु आवश्यक छ ।’
प्रचण्डले अर्थतन्त्रमा देखापरेका समस्याहरू, दलहरू भित्र देखा परेका समस्या र अन्तर दलबीच देखिएका समस्या समाधान गर्न फेरि राष्ट्रिय सहमति र समझदारी आवश्यक परेको बताए । ‘अहिले एकले अर्कालाई दोषारोपण गर्ने र घोचपेच गर्ने क्रम बढेको छ,’ उनले भने, ‘तर, यसरी मात्रै समस्या समाधान हुने स्थिति छैन । यो समस्या समाधान गर्न संवाद, एकता र समझदारीको माध्यमबाट अघि बढ्नुपर्छ ।’
यस्तै, उनले संविधानसभाबाट संविधान घोषणा भएपछि देश दोस्रो निर्वाचनको तयारीमा रहेको बताए । ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ,’ प्रचण्डले भने, ‘यो निर्वाचन यस्तो समयमा सम्पन्न भयो, जुन बेला हामी संविधानसभाबाट बनेको संविधान कार्यान्वयन प्रक्रियामा नै दुर्घटनामा पर्ने हौं कि भन्ने गम्भिर परिस्थिति बन्यो ।’
उनले गत वर्षको स्थिति सम्झँदै भने, ‘गत साल हामीले जे भोग्यौँ । हामीले जसरी संविधानको रक्षाका निम्ति लोकतन्त्रको रक्षाका निम्ति र राष्ट्रियताको रक्षाका निम्ति सडकमा जानुपर्ने परिस्थिति बन्यो । हामी सबै त्यो परिस्थितिबाट गुज्रेका छौं ।’
गणतान्त्रिक फुलवारीका फूलहरु बालेन र हर्क : प्रचण्ड
काठमाडौँ र धरानमा दुई युवा उम्मेदवार विशिष्ट रुपमा आए– संघीय लोकतन्त्रको फूलबारीभित्र। म यसलाई काठमाडौँ र धरानमा दुई वटा फूलहरु फक्रिएको ठान्छु’, प्रचण्डले भने, ‘यही संविधानकै फूलबारीभित्र।’
उनले बालेन र हर्कको जितलाई राजनीतिक दलले आफ्नो रुपान्तरण र आत्मसीक्षाको अवसरका रुपमा ग्रहण गर्न सक्नुपर्नेमा जोड दिए।
प्रचण्डले स्वतन्त्र उम्मेदवारप्रति मतदाता आकर्षित हुनुले राजनीतिक दलहरुले आफ्ना नीतिहरुमा पुनर्विचार र आत्मसमीक्षा गर्नुपर्ने, उम्मेदवार छनोटमा त्रुटि सच्याउनुपर्ने देखिएको उल्लेख गरे। र, बालेन र हर्कको जितले राजनीतिक दलहरूलाई चुनौती थपेको बताए।
‘यो राजनीतिक दलहरुलाई पक्कै पनि चुनौती हो। काठमाडौँ र धरानका जनताले समग्रमा प्रश्न खडा गरेकै हो। हामीलाई आफ्ना कमजोरी सच्याउन अवरस पनि हो। चुनौती पनि हो’, प्रचण्डले भने, ‘दुवै मेरयलाई बधाई र धन्यवाद।’
काठमाडौं र धरानका मेयर साँचो अर्थमा स्वतन्त्र भएको पनि उनको भनाइ थियो । काठमाडौंका मेयर वालेन्द्र साह र धरानका मेयर हर्कराज साम्पाङ राई जनताका बीचमा जाँदा विशिष्ट विचार र संकल्पसहित गएको पनि उनले बताए । ुजुन विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो त्यो विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्छ । उहाँहरूका पछाडि कुनै पार्टी र पार्टीका मान्छे पछि लागेको देखिएन । अब तपाईंहरू जनताका भावना र जनताका आकांक्षाहरूलाई पूरा गर्नतर्फ लाग्नुहोला, उनले भने ।
राजनीतिक दलहरूले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि उनको भनाई छ । राजनीतिक दलहरू हामी एक्लै पूर्ण छौँ भनेर अघि बढेका थियौँ भने काठमाडौं र धरानका जनताले हामीलाई प्रश्न खडा गरेकै हो, प्रचण्डले भने ।
इतिहासमा धरान र काठमाडौंका मेयरजस्ता पात्रहरू देखा परे पनि घेराबन्दीमा पारिने खतरा रहेको पनि उनले बताए । ुयस्ता पात्रलाई घेराबन्दी गरेर चुनावमा गरेका वाचालाई पूरा गर्न नदिइने चुनौती देखा पर्छ तर त्यसलाई चिर्दै अघि बढेमा राजनीतिक दललाई पनि सच्चिने मौका मिल्नेछ, प्रचण्डको सुझाव थियो ।
उनले बालेन र हर्कलाई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानअन्तर्गत जनातका भावना र आवश्यकता सम्बोधन गर्ने र रानजीतिक दलहरुसँग समदुरीको सम्बन्धसहित सबैको सहयोग जुटाएर मतदाताबीच व्यक्त गरेका प्रतिबद्धता पुरा गर्न सुझाव उनले दिए।
बालेन र हर्क साम्पाङलाई इतिहासको खास कालखण्डमा देखिएका पात्रको संज्ञा दिँदै असफल पार्न विभिन्न शक्तिकेन्द्रले घेराबन्दी गर्न सक्नेतर्फ प्रचण्डले सचेत गराए।
‘इतिहासको खास कालखण्डमा उदाएका विशिष्ट पात्रहरुलाई असफाल गर्न विभिन्न शक्तिकेन्द्रहरुले घेराबन्दी गर्न सक्छन्’, उनले भने, काठमाडौँ र धरानका मेयरले घेराबन्दी तोडेर जनाताका पक्षमा लाग्दा राजनीतिक दललाई पनि सुध्रिने प्रेरण मिल्छ।’
ओलीबाहेकको एमालेसंग एकता हुनसक्छ

प्रचण्डले केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेतारकार्यकर्तासँग मिल्न सकिने आशा व्यक्त गरेका छन् ।
शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो (केपी ओलीको अहंकार र यति धेरै ध्वांस नहुने हो भने अरु सबै एमालेका नेतारकार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’
तर, केपी ओलीकै व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेखिंदा चिन्ता लाथेको प्रचण्डले बताए । प्रचण्ड भन्छन, ‘उहाँ (ओली)ले जस्ता शक्दहरू प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।’ प्रचण्डले भने एउटा नेताले बोल्ने भाषा बाल्ने कुराबाट समेत ओली चुक्दै जानुभएको छ।
०७४ को प्रदेश र संघीय चुनावमा गरेको वाम तालमेल, चुनाव लगत्तै गएको पार्टी एकता, दुई तिहाइ बहुमतको संघीय सरकार, ६ वटा प्रदेश सरकार प्रसंग गठाउंदै प्रचण्डले थपे, ‘आज यो परिस्थिति कसले बनायो रु यसको जिम्मेवारी लिन को ? ’ नेकपामा विवाद भएपछि आधा कार्यकार्यकाल प्रधानमन्त्री चालाउने सहमतिबाट पछाडि हटेर आफूले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर छाड्दासमेत नेकपा बच्न नसकेको उनले बताए ।
नेकपाको वैभवमा प्रधानमन्त्री बनेका ओलीले नेकपा एकता भंग भएर नयाँ गठबन्धन बनेपछि, राष्ट्रिय सभाको चुनाव भएपछि, बार एसोशिएसनको चुनाव भएपछि अझ स्थानीय तहको चुनाव भएपछि चेत्लान भन्ने आफूले ठानेको तर, त्यस्तो महसुस विल्कुल नहुने गरी प्रस्तुत भएको भन्दै प्रचण्डले ओलीप्रति दया देखाए ।
‘म तीन घण्टा सम्बोधन भए पनि ध्यानपूर्वक सुनिरहेको थिएँ कतै रियलाइजेशस आउँछ कि, कतै वामपन्थीहरू बीचको एकताको कुरा आउँछ कि भनेको त केवल अहंकारको हवाइउडानभन्दा ओली तल नझरेको भन्दै प्रचण्डले थपे, ‘तर, आएन् । पुर्नसमीक्षा गर्ने कुरामा जानुहन्छ कि भनेको त उहाँ त सुरुदेखि अन्त्यसम्म खाली गाली र बदनामी गर्नेमा मात्रै केन्द्रित हुनुभयो । मेरो दृष्टिमा उहाँ आफनो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’
आलीको यस्तो प्रवृत्तिले एमालेले सवैभन्दा ठूलो क्षति हुने पनि चेतावनी दिए ।
प्रधानमन्त्री बनेर देखानउ ओलीलाई चुनौति
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर उहां प्रधानमन्त्री भएको हो, दोस्रा पटक माओवादीकै समर्थनमा भएको हो । अबको चुनावपछि प्रधामन्त्री भएर देखाउनुस् त मानौंला, भन्दै प्रचण्डले ओलीलाई लल्कारे ।
प्रतिक्रिया